राष्ट्रिय प्रकृति संरक्षण पुरस्कार घोषणा

प्रकृति संरक्षणमा योगदान पुर्‍याएका चार व्यक्तिहरूलाई यस वर्षको ‘राष्ट्रिय प्रकृति संरक्षण पुरस्कार’ प्रदान गरिने भएको छ। १२औं ‘नेपाल लाटोकोसेरो (उल्लु) र हुचिल (मुहदुसा) उत्सव २०८१’ को अन्तिम दिन यो पुरस्कार वितरण गरिने छ।

पुरस्कार प्राप्त गर्ने व्यक्तिहरूमा त्रिभुवन विश्वविद्यालयका सहायक प्राध्यापक डा. हरिप्रसाद शर्मा, पोखरा (कास्की) का हेमन्त ढकाल, काठमाडौंका पत्रकार अभयराज जोशी र नीलकण्ठ (धादिङ) का भूमिरमण नेपाल समावेश छन्। उनीहरूलाई जनही २५ हजार नगद, ताम्रपत्र र दोसल्लाले सम्मानित गरिनेछ।

साथै, संस्थागत र स्थानीय सम्मानका लागि एक संस्था र तीन व्यक्तिहरूलाई सम्मान दिइने छ। रेडपान्डा संरक्षणमा इलामका महिलाहरूको समूह ‘जौबारी रेस्टोरेसन समिति’लाई सम्मान गरिनेछ। साथै, काव्या अस्पताल जनकपुरका डा. एसके सिंहलाई वन्यजन्तु र वातावरण संरक्षणमा योगदानका लागि सम्मान गरिने छ।

प्रकृति र वन्यजन्तु संरक्षणको क्षेत्रमा विशेष योगदान पुर्‍याएका पत्रकार रञ्जन भण्डारी र विजयकुमार साहलाई पनि सम्मानित गरिने भएको छ।

तपाईको प्रतिक्रिया