रामेछापमा रास्वपाका कृष्णहरि बुढाथोकी निर्वाचित

काठमाडौं : रामेछापबाट प्रतिनिधिसभा सदस्य पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कृष्णहरि बुढाथोकी निर्वाचित भएका छन्। उनले २४ हजार ८०८ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्।

उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का माधवप्रसाद ढुंगेलले १७ हजार ६०९ मत प्राप्त गरेका छन्। नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र खड्का १६ हजार ३०७ मतसहित तेस्रो स्थानमा रहेका छन्।

यसैगरी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का श्यामकुमार श्रेष्ठले १३ हजार ३५४ मत प्राप्त गरेका छन्। उज्यालो नेपाल पार्टीका दीपबहादुर योञ्जनले ७ हजार २०१ मत प्राप्त गरेका छन्।

तपाईको प्रतिक्रिया