राजेन्द्र लिङ्देनको नेतृत्वमा राप्रपाको आन्दोलन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समिति बैठकले अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा आन्दोलन अघि बढाउने निर्णय गरेको छ। बैठकले लिङ्देनको नेतृत्वमा आन्दोलन परिचालन मूल समिति गठन गर्ने र आगामी कार्यक्रमहरू घोषणा गर्ने निर्णय गरेको हो।

राप्रपाले राजसंस्था पुनर्स्थापनाको मूल लक्ष्यसँगै चैत १२ गते बैठक राखेर आन्दोलनलाई निरन्तरता दिने जनाएको छ। यस क्रममा, लिङ्देनले समान विचार राख्ने दल, समूह र व्यक्तिहरूलाई आन्दोलनमा सहभागी हुन आह्वान गरेका छन्।

लिङ्देनले नवराज सुवेदी नेतृत्वको समितिमा बिना जानकारी नाम राखिएको प्रति असहमत जनाएका छन् र सो समितिमा सदस्य नरहने निर्णय लिएका छन्।

तपाईको प्रतिक्रिया