राजेन्द्र महतोको पार्टी चुनाव आयोगमा दर्ता, चुनाव चिह्न सिलिण्डर

काठमाडौँ । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालले निर्वाचन आयोगबाट आधिकारिक मान्यता प्राप्त गरेको छ।

राष्ट्रिय मुक्ति क्रान्तिको अभियान चलाएका महतोले नयाँ पार्टीको नाममा दर्ताका लागि निर्वाचन आयोगमा आवेदन दिएका थिए। त्यसपछि लामो प्रयास पछि मंगलबार पार्टीलाई दर्ता प्रमाणपत्र प्राप्त भएको पार्टीका नेता केशव झाले जानकारी दिए।

पार्टीले चुनाव चिह्नको रूपमा माछा माग गरेको थियो, तर आयोगले ग्यास सिलिण्डर चुनाव चिह्न प्रदान गरेको छ। यसै गरी, गाढा निलो रंगको आयातकार झण्डामा तीर र धनुषको डिजाइन समावेश गरिएको छ।

स्वदेशवाद, बहुलरष्ट्रवाद र सामुदायिक समाजवादको मार्गदर्शनमा पार्टी अगाडि बढ्ने अध्यक्ष महतोले पार्टी सदस्यता लिई सक्रियताका साथ पार्टीमा सामेल हुन सबैलाई आह्वान गरेका छन्।

तपाईको प्रतिक्रिया