राजसंस्था र हिन्दुराष्ट्र पुनर्स्थापनालाई कसैले रोक्न सक्दैन: राजेन्द्र लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालमा राजसंस्था र हिन्दू राष्ट्रको पुनर्स्थापनालाई कुनै पनि शक्ति रोक्न नसक्ने दाबी गरेका छन्।

शुक्रबार काठमाडौँमा मिडिया नेपालको वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा लिङ्देनले भने, “देश अहिले चौबाटोमा पुगिसकेको छ र अहिलेको घटनाक्रम हेर्दा नेपालमा राजसंस्था र हिन्दू राष्ट्रको पुनर्स्थापनालाई रोक्न असम्भव छ।

उनले थपे, “भीडले नेताहरूलाई विस्थापित गरेर वा राजनीतिक दलहरूको बीचमा सहमति कायम गरेर राजसंस्था र हिन्दू राष्ट्रको पुनर्स्थापनामा सफलता प्राप्त हुनेछ। हामी सबै दल मिलेर प्रजातन्त्रको आधारमा राजसंस्था पुनर्स्थापना गर्न सहमतिका साथ अघि बढ्नुपर्ने आवश्यकता छ।

लिङ्देनले पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा आफूहरूले अहिलेसम्मकै ठूलो जनसागर देखेको पनि बताए।

तपाईको प्रतिक्रिया