युवकको हत्या आरोपमा दुई व्यक्तिहरू पक्राउ

बाँके: युवकको हत्या गरेको आरोपमा दुईजनालाई पक्राउ गरिएको छ। पक्राउ परेका व्यक्तिहरूमा ३५ वर्षीय राम बहादुर राना र १७ वर्षीय किशोर रहेका छन्, जसले बैजनाथ गाउँपालिका-८ का २५ वर्षीय दिनेश रोकायाको हत्या गरेको आरोप लागेको छ।

सस्तो गाउँपालिका-८ स्थित बिचलाईनमा विवाह कार्यक्रममा विवाद हुँदा, उनीहरूले दिनेश र अन्य ५ जनालाई शुक्रवार राति कुटपिट गरेका थिए। कुटपिटमा गम्भीर घाइते भएका दिनेशलाई कोहलपुर मेडिकल कलेजमा प्राथमिक उपचार दिइएपछि भारतको लखनउ पठाइएको थियो। उपचारका क्रममा आइतबार बिहान उनको मृत्यु भएको हो। कुटपिटमा घाइते भएका अन्य पाँच जनाको उपचार भने कोहलपुर मेडिकल कलेजमा भइरहेको छ।

यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

तपाईको प्रतिक्रिया