मुस्ताङबाट कांग्रेसका योगेश गौचन विजयी, एमालेका विष्ट पराजित

मुस्ताङ — प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मुस्ताङ निर्वाचन क्षेत्रबाट नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचन निर्वाचित भएका छन्। उनले नेकपा एमालेका उम्मेदवार इन्द्रधारा विष्टलाई पराजित गर्दै जित हासिल गरेका हुन्।

निर्वाचनको अन्तिम मतपरिणामअनुसार गौचनले ३ हजार ३ सय ७ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी विष्टले १ हजार ८ सय ६ मत पाएका छन्। यसरी गौचनले १ हजार ५ सय १ मतान्तरले विजय प्राप्त गरेका हुन्।

यसै निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अद्वितीय चन्द्र थकालीले ७ सय ५९ मत प्राप्त गरेका छन्। अन्य उम्मेदवारहरूले तुलनात्मक रूपमा कम मत पाएका छन्।

मुस्ताङको थासाङ गाउँपालिका–लेतेका स्थायी बासिन्दा ३२ वर्षीय गौचन पर्यटन तथा होटल व्यवसायसँग पनि जोडिएका छन्। उनले बिजनेस म्यानेजमेन्ट विषयमा स्नातक अध्ययन गरेका छन्।

यसअघि सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पनि गौचनले विजय हासिल गरेका थिए। मुस्ताङ क्षेत्रमा युवा नेताका रूपमा परिचित उनी स्थानीय विकास र पर्यटन प्रवर्द्धनका विषयमा सक्रिय रहँदै आएका छन्।

तपाईको प्रतिक्रिया