मुख्यमन्त्रीको निर्देशन उल्लङ्घन गर्ने चन्द्रपुर सिभिल अस्पतालका सञ्चालक पक्राउ

रौतहट। मधेस प्रदेशका मुख्यमन्त्री सतीश सिंहको निर्देशन नमान्ने चन्द्रपुर सिभिल अस्पतालका सञ्चालकलाई पक्राउ गरिएको छ।

मुख्यमन्त्री सिंहको निर्देशन विपरीत अस्पताल सञ्चालन गरेको आरोपमा राजन साहलाई आज बिहान चन्द्रनिगाहपुरको इलाका प्रहरी कार्यालयको टोलीले पक्राउ गरेको हो।

गत शनिबार साँझ मुख्यमन्त्री सिंहले अस्पतालको अनुगमन गर्दा मापदण्ड विपरीत र दर्ता नगरेको देखेपछि अस्पताल बन्द गर्न निर्देशनसहित लिखित पत्र प्रदान गरेका थिए।

मुख्यमन्त्री सिंहको निर्देशन अनुसार सबै प्रक्रिया पूरा नगरी अस्पताल सञ्चालन गर्न खोजेपछि साहलाई पक्राउ गरिएको जानकारी डिएसपी राजकुमार राईले दिएका छन्।

हाल, साहलाई चन्द्रनिगाहपुरको इलाका प्रहरी कार्यालयमा राखेर अनुसन्धान भइरहेको डिएसपी राईले जानकारी दिएका छन्।

तपाईको प्रतिक्रिया