माननीय सञ्चारमन्त्री जगदीश खरेल आज शपथ लिँदै

काठमाडौं, — हालै सञ्चार तथा सूचना प्रविधिमन्त्रीमा नियुक्त माननीय जगदीश खरेलले आज (सोमबार) दिउँसो २ बजे राष्ट्रपति कार्यालय, शीतल निवासमा पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुहुने कार्यक्रम तय भएको छ।

शपथ ग्रहण समारोह सम्पन्न भएपछि उहाँले दिउँसो ३:३० बजे मन्त्रालयमा पुगेर औपचारिक रूपमा पदभार ग्रहण गर्नुहुनेछ ।

यसअघि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको नेतृत्व माननीय पृथ्वीसुब्बा गुरुङले गरिरहनुभएको थियो। हालै सम्पन्न मन्त्रिपरिषद् पुनर्गठनपछि सो जिम्मेवारी माननीय खरेललाई प्रदान गरिएको हो।

तपाईको प्रतिक्रिया