माननीय  जगदीश खरेललाई रास्वपाको प्रवक्ताको जिम्मेवारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधि सभा सदस्य जगदीश खरेललाई पार्टीको प्रवक्ताको जिम्मेवारी प्रदान गरेको छ।

रास्वपाको आज बसेको केन्द्रीय कार्यसमिति बैठकले खरेललाई प्रवक्तामा मनोनयन गर्ने निर्णय गरेको हो।

ललितपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित खरेल यसअघि सुशीला कार्की नेतृत्वको सरकारमा सञ्चारमन्त्रीको जिम्मेवारीसमेत सम्हालिसक्नु भएको छ।

त्यसैगरी, बैठकले सुरेन्द्र चौधरीलाई पार्टीको सहप्रवक्तामा मनोनयन गरेको छ। प्रवक्ताको जिम्मेवारी प्राप्त गरेसँगै खरेलले पार्टीका आधिकारिक धारणा सार्वजनिक गर्नुका साथै सञ्चारमाध्यमसँग आवश्यक समन्वय गर्ने भूमिका निर्वाह गर्नुहुनेछ।

तपाईको प्रतिक्रिया