माधव नेपाल र वामदेव गौतम एउटै पार्टीमा, साउन २ मा एकता घोषणा!

काठमाडौं — नेकपा (एकीकृत समाजवादी) र नेकपा एकता राष्ट्रिय अभियानबीच पार्टी एकता गर्ने सहमति भएको छ। माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) र वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानले आगामी साउन २ गते पार्टी एकता घोषणा गर्ने भएका हुन्।

दुवै पार्टीबीचको छलफलमा राजनीतिक दृष्टिकोण, सिद्धान्त, कार्यक्रम, रणनीति र कार्यदिशामा समानता रहेको निष्कर्षसहित एकताको सहमति भएको जनाइएको छ।

नेता नेपाल र गौतमले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ, “नेपालको कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्नुपर्ने ऐतिहासिक आवश्यकतालाई मध्यनजर गर्दै दुई पक्षबीच एकता गर्ने सहमति भएको छ। साउन २ गते राष्ट्रियसभा गृहमा एकता घोषणा गरिनेछ।”

तपाईको प्रतिक्रिया