महासचिव पोखरेलको आह्वान : देश जलिरहेको बेला आरोप–प्रत्यारोप नगरी सत्य र न्यायको वकालत गरौं

काठमाडौं : नेकपा एमालेका महासचिव शंकर पोखरेलले देश संकटमा रहेको बेला आरोप–प्रत्यारोप नभई र सत्य तथा न्यायको पक्षमा उभिन सबैमा आह्वान गरेका छन्।

आज बिहान सामाजिक सञ्जालमार्फत महासचिव पोखरेलले लुटपाट, आगजनी र विध्वंसमा संलग्न आपराधिक समूहको विरोध गर्न नसक्नेहरूले एमालेको नाम जोड्न थालेको भन्दै आपत्ति व्यक्त गरे।

उनले राष्ट्रद्रोही हिंसात्मक कुकर्ममा संलग्न सबै व्यक्तिलाई कडा कारबाही गर्न माग गर्दै भने, “लुटपाट, आगजनी र विध्वंसमा संलग्न जो कोही हुन् — सबैलाई कडा कारबाही गरौं। देश जलिरहेको बेला आरोप–प्रत्यारोप होइन, सत्य र न्यायको वकालत गरौं।”

तपाईको प्रतिक्रिया