महामन्त्री थापाले सार्वजनिक गरे सभापतिमा उठ्ने निर्णय

काठमाडौँ ।नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको सभापति पदका लागि उम्मेदवारी दिने घोषणा गरेका छन्।

कांग्रेसको १५औँ महाधिवेशन पुस २६ देखि २८ गतेसम्म काठमाडौंमा आयोजना हुन लागेको छ। मंसिर १५ गते केन्द्रीय समितिले महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको थियो।

महामन्त्री थापाले कार्यतालिका आएकोमा खुशी व्यक्त गर्दै आफू सभापति पदमा उठ्ने निर्णय सार्वजनिक गरेका हुन्। थापाले हिमालय टिभीसँगको अन्तर्वार्तामा भने, “म १५औँ महाधिवेशनको सभापति पदको उम्मेदवार हुँ। मलाई विश्वास छ कि नेपाली कांग्रेसका धेरै साथीहरूले मलाई पार्टीको नेतृत्व गर्ने अवसर दिनेछन्।”

तपाईको प्रतिक्रिया