मध्यपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोह: तीन हजार आठ सय ४१ विद्यार्थी दीक्षित

प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको उपस्थितिमा मध्यपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहमा शुक्रबार तीन हजार आठ सय ४१ विद्यार्थीहरू दीक्षित भएका छन्।

वीरेन्द्रनगरस्थित विश्वविद्यालयको केन्द्रीय कार्यालयमा आयोजित उक्त समारोहमा विद्यार्थीहरूको दीक्षा प्रदान गरिएको हो। यस अवसरमा विज्ञान र प्रविधि, व्यवस्थापन, इञ्जिनियरिङ, कानुन, शिक्षाशास्त्र, मानविकी र सामाजिकशास्त्रका सबै संकाय र स्कूलका विद्यार्थीहरूलाई दीक्षा दिइएको छ। स्नातक तहमा दुई हजार एक सय ८९, स्नातकोत्तर तहका विभिन्न कार्यक्रमका एक हजार छ सय ६३ र व्यवस्थापन संकायका दर्शनाचार्यमा १९ विद्यार्थी समेत गरी कुल तीन हजार आठ सय ४१ विद्यार्थीहरू दीक्षित भएका हुन्।

प्रधानमन्त्री ओलीले विभिन्न उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कार प्रदान गरेका थिए। कार्यक्रममा भारतको जवाहरलाल नेहरू विश्वविद्यालयका वरिष्ठ प्राध्यापक प्रा. डा. महेन्द्र पि. लामा प्रमुख अतिथि रहेका थिए।

मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. ध्रुवकुमार गौतमले नेपाल सरकारको सहयोग, राष्ट्रिय र अन्तर्राष्ट्रिय विश्वविद्यालय तथा संघसंस्थाको सहकार्यमा नयाँ शैक्षिक कार्यक्रमहरूको सञ्चालन गर्ने योजना जानकारी दिए।

तपाईको प्रतिक्रिया