भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा नेपाल लाइफको १ करोड ५० लाख आर्थिक सहयोग

काठमाडौँ ।  नेपाल सरकारद्वारा स्थापना गरिएको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १ करोड ५० लाख रुपैयाँ योगदान गरेको छ। यस योगदानपछि कोषमा आइतबारसम्म जम्मा रकम ११ करोड ८२ लाख रुपैयाँ पुगेको छ।

कम्पनीका सञ्चालक समितिका अध्यक्ष गोविन्दलाल सङ्घई, सञ्चालक कमलेशकुमार अग्रवाल तथा प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले संयुक्त रूपमा उक्त रकमको चेक अर्थमन्त्री रामेश्वरप्रसाद खनाललाई हस्तान्तरण गरेका थिए।

अर्थ मन्त्रालयका प्रवक्ता टङ्कप्रसाद पाण्डेयका अनुसार, नेपाल लाइफ इन्स्योरेन्सले भदौ २३–२४ गतेको जेनजी प्रदर्शनका क्रममा भएका क्षतिको पुनर्निर्माण, आर्थिक पुनरुत्थान र राहत कार्यका लागि संस्थागत सामाजिक उत्तरदायित्वअनुसार कोषमा योगदान गरेको हो।

तपाईको प्रतिक्रिया