बोर्ड अफ ट्रेडमा निजी क्षेत्रका तीन सदस्य नियुक्त

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बोर्ड अफ ट्रेडमा निजी क्षेत्रका तीन नयाँ सदस्यहरू नियुक्त गरेको छ।

सोमबार उद्योग मन्त्री दामोदर भण्डारीले ज्योत्सना श्रेष्ठ, विदुसी राणा र कुशकुमार जोशीलाई बोर्ड अफ ट्रेडको सदस्य पदमा नियुक्त गरेका हुन्।

वाणिज्य नीति २०७८ अनुसार, नीति र अन्य क्षेत्रगत नीतिहरूबीच समन्वय गर्न, नीति कार्यान्वयनको मार्गनिर्देशन तथा सहजीकरण गर्न बोर्ड अफ ट्रेड गठन गरिएको छ। यस बोर्डमार्फत सरकारले निजी र सरकारी क्षेत्रबीच समन्वय गर्ने व्यवस्था पनि गरिएको छ।

त्यसैअनुसार, निजी क्षेत्रबाट चार सदस्य नियुक्त गर्ने व्यवस्था रहेकोमा हाल तीन जनाको नाम सार्वजनिक गरिएको छ।

तपाईको प्रतिक्रिया