बालुवा खन्याउँदा करेन्ट लागेर टिपरका सहचालकको मृत्यु

काठमाडौं : कागेश्वरी मनोहरा नगरपालिका-७ मुलपानीमा गए राति करेन्ट लागेर टिपरका सहचालकको मृत्यु भएको छ।मूलपानीबाट अमरसिंह थापा चोक जाने सडकमा बा प्र ०३-००१ ख १३३८ नम्बरको टिपरबाट बालुवा खन्याउने क्रममा बिजुलीको तार सर्ट भई करेन्ट लागेर १५ वर्षीय सुमन खड्का गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि शङ्खरापुर अस्पताल नारायणटारतर्फ लैजाने क्रममा मृत्यु भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ।

रामेछापको मन्थली नगरपालिका-७ का खड्कालाई अस्पताल लैजाने क्रममा बाटोमै ज्यान गुमाएका हुन्। प्रहरीले टिपर चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान सुरु गरेको छ।

त्यसैगरी, काठमाडौं महानगरपालिका-१६ बालाजु वसन्तनगर गुम्बा नजिक अन्दाजी ३६ वर्षीय नरेन्द्र बाँनिया मृत फेला परेका छन्। उनले नुवाकोटको ढिकुरे घर बताएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया