बागमतीको मुख्यमन्त्रीमा इन्द्रबहादुर बानियाँको दाबी पेस

हेटौंडा, – बागमती प्रदेशमा नयाँ मुख्यमन्त्री नियुक्तिको प्रक्रिया अघि बढेसँगै नेपाली कांग्रेसका प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँले मुख्यमन्त्री बन्ने दाबी पेस गरेका छन्।

मुख्यमन्त्री बहादुर सिंह लामाले सोमबार पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए।

त्यसैअनुसार कांग्रेस प्रदेश सभापति समेत रहेका बानियाँले मुख्यमन्त्रीमा नियुक्तिका लागि औपचारिक दाबी पेस गरेका हुन्।

तपाईको प्रतिक्रिया