बलात्कारको आरोपमा नेकपा एसका नेता पक्राउ

जबरजस्ती करणीको आरोपमा एकीकृत समाजवादी पार्टीका गण्डकी प्रदेश उपाध्यक्ष र स्याङ्जा जिल्ला अध्यक्ष विष्णु गिरीलाई पक्राउ गरिएको छ। कास्की जिल्ला अदालतले जारी गरेको पक्राउ पुर्जीका आधारमा स्याङ्जा प्रहरीले गिरीलाई पक्राउ गरेको हो।

स्याङ्जा पुतलीबजार नगरपालिका–१४ का ५१ वर्षीय गिरीलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरी टोलीले घरबाटै पक्राउ गरी कास्की प्रहरीलाई बुझाएको जानकारी प्राप्त भएको छ।

कास्की जिल्ला अदालतले फागुन २ गते जबरजस्ती करणी मुद्दामा गिरीलाई पक्राउ गर्ने अनुमति दिएको प्रहरी स्रोतले बताएको छ। पक्राउ परेका गिरीलाई कास्की जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ। प्रहरीले घटनाको थप विवरण भने सार्वजनिक गरेको छैन।

तपाईको प्रतिक्रिया