प्रधानमन्त्रीको उपस्थितिमा एनआरएनए एकता घोषणा, दुबै पक्ष सहमत

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) पुनः एकतामा फर्किएको छ। प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा आइतबार (मंसिर १४) संघको एकता औपचारिक रूपमा घोषणा गरिएको हो।

सम्भावित विभाजनको अवस्था बनेको संघमा अध्यक्ष डा. बद्री केसी र अध्यक्ष महेश श्रेष्ठले सहमतिको दस्तावेजमा हस्ताक्षर गर्दै एकताका लागि औपचारिक सहमति जनाएका छन्। सदस्यता सम्बन्धी विवाद १०औँ महाधिवेशनपछि चर्किँदै गएपछि संघ दुई पक्षमा विभाजित भएको थियो।

सम्झौता अनुसार १०औँ र ११औँ महाधिवेशनबाट निर्वाचित समितिहरूलाई मान्यता दिइने, १२औँ महाधिवेशन तयारीका लागि केसी र श्रेष्ठ सह–अध्यक्ष रहने गरी स्टेयरिङ कमिटी गठन गरिने, दुवै पक्षले अदालतमा दायर गरेका मुद्दा फिर्ता लिने, सदस्यता वितरणका लागि समय थपिने लगायतका व्यवस्था लागू हुने भएका छन्।

तपाईको प्रतिक्रिया