प्रधानमन्त्री कार्कीसँग सर्वोच्चले माग्यो अवहेलनामा कारबाही गर्नु नपर्ने कारणसहितको लिखित जावाफ

काठमाडौं । सर्वोच्च अदालतले अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीसँग अवहेलना मुद्दामा कारबाही हुनु नपर्ने कारणसहित लिखित जवाफ मागेको छ । राजदूत फिर्तामा सर्वोच्चको अन्तरिम आदेश उल्लंघन गरेर प्रधानमन्त्री कार्कीले अदालतको आदेश उल्लंघन गरेको भन्दै अधिवक्ता डा. प्रेमराज सिलवालले अवहेलना मुद्दा दायर गरेका थिए ।

आइतबार प्रारम्भिक सुनुवाइपछि न्यायाधीश हप्रिसाद फुयाल र अब्दुल अजिज मुसलमानको इजलासले प्रधानमन्त्री कार्कीबाट लिखित जवाफ माग्न आदेश गरेको जानकारी अधिवक्ता सिलवालले दिएका छन्।

तपाईको प्रतिक्रिया