प्रधानमन्त्री ओली चीन भ्रमणमा जाँदै, सी जिनपिङ र मोदीसँग बहुपक्षीय भेटवार्ता हुने

काठमाडौं — प्रधानमन्त्री केपी शर्मा ओली भदौ दोस्रो साता चीनको भ्रमणमा जान लागेका छन्। चीनको तियानजिन सहरमा अगस्ट ३१ र सेप्टेम्बर १ तारिखमा हुने शिखर सम्मेलनमा सहभागिता जनाउन प्रधानमन्त्री ओली चीन प्रस्थान गर्ने तयारीमा छन्।

उक्त सम्मेलनमा विभिन्न मुलुकका राष्ट्रप्रमुख र सरकार प्रमुखको सहभागिता रहनेछ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङ पनि सम्मेलनमा सहभागी हुने भएकाले, प्रधानमन्त्री ओलीको उनीहरूसँग भेटवार्ता हुने कार्यक्रम तय भएको छ।

यसअघि सो सम्मेलनमा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुनेबारे छलफल भए पनि अन्ततः प्रधानमन्त्री ओलीलाई प्रतिनिधित्वको जिम्मा दिने निर्णय भएको हो।

प्रधानमन्त्री ओलीले अघिल्लो वर्ष पदभार ग्रहण गरेपछि पहिलो भ्रमण चीनमै गरेका थिए। हालको भ्रमण उनको दोस्रो चीन यात्रा हो। विश्व राजनीति द्विध्रुवीयतर्फ गइरहेको वर्तमान परिप्रेक्ष्यमा चीनको यो सम्मेलनलाई अन्तर्राष्ट्रिय कूटनीतिक सन्देशको रूपमा हेरिएको छ।

प्रधानमन्त्रीको चीन भ्रमणपछि भारतको औपचारिक भ्रमण कार्यक्रम पनि तय हुने सरकार स्रोतको भनाइ छ।

तपाईको प्रतिक्रिया