प्रतिनिधि सभा विघटन र सरकार गठन प्रकरणमा सर्वोच्चको निर्णय : अन्तरिम आदेश जारी नहुने


काठमाडौँ । प्रतिनिधि सभा विघटन र नयाँ सरकार गठनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी नगर्ने निर्णय गरेको छ।

बुधबार बसेको सर्वोच्च अदालतको संवैधानिक इजलासले दुवै मुद्दाको अन्तिम सुनुवाइका क्रममा नै विषयवस्तुका कानूनी पक्ष विचार गर्नुपर्ने ठहर गर्दै तत्कालका लागि अन्तरिम आदेश जारी नगर्ने निर्णय गरेको हो।

अदालतको आदेशमा भनिएको छ, “अन्तरिम आदेश माग गरिएको विषयवस्तु रिट निवेदकका मागसँग प्रत्यक्ष सम्बन्धित देखिएकाले सो विषय अन्तिम सुनुवाइको क्रममा विचार गरिनुपर्ने प्रकृतिको भएकाले हाल अन्तरिम आदेश जारी गर्न आवश्यक देखिँदैन।”

यससँगै प्रतिनिधि सभा विघटन र नयाँ सरकार गठनसम्बन्धी विवादमा अन्तिम सुनुवाइअघि कुनै अन्तरिम निर्णय नआउने भएको छ।

तपाईको प्रतिक्रिया