प्युठानमा भारी वर्षा, साना नदीहरूमा आकस्मिक बहावको सम्भावना — सतर्कता अपनाउन विभागको आग्रह

काठमाडौं — आइतबार दिउँसो प्युठानमा भएको भारी वर्षाका कारण साना नदीहरूमा आकस्मिक बहाव बढ्न सक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागका अनुसार, असार १५ गते साँझ ४:२० बजे प्युठानको हंसपुर वर्षामापन केन्द्र र त्यस आसपासका क्षेत्रमा पछिल्लो १ घण्टामा उल्लेख्य मात्रामा वर्षा मापन गरिएको हो।

“पछिल्लो १ घण्टामा भारी वर्षा मापन भएकाले साना नदीहरूमा अचानक बहाव बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गर्दछौँ,” विभागद्वारा जारी सूचनामा उल्लेख गरिएको छ।

विभागले जोखिम हुनसक्ने नदी किनारका क्षेत्रहरूमा नजान, सतर्कता अपनाउन, र स्थानीय प्रशासनको सूचनालाई ध्यान दिन सबैलाई अनुरोध गरेको छ।

तपाईको प्रतिक्रिया