पूर्वगृहमन्त्री रमेश लेखकविरुद्धको स्थान हद फुकुवा

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वगृहमन्त्री रमेश लेखकविरुद्ध लगाइएको स्थान हद फुकुवा गरिएको छ।

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा गृहमन्त्रीको जिम्मेवारीमा रहेका लेखकलाई सरकारले गठन गरेको उच्चस्तरीय जाँचबुझ आयोगले अनुसन्धानका लागि स्थान हद तोकेको थियो।

आयोगले बुधबार लेखकसँग पूरक बयान लिइसकेपछि उहाँविरुद्धको स्थान हद हटाउने निर्णय गरेको हो। उक्त निर्णयबारे आयोगले बिहीबार गृहमन्त्रालयमार्फत औपचारिक जानकारी गराइसकेको छ।

यसअघि गत असोज १२ गते बसेको आयोगको बैठकले अनुसन्धान प्रक्रिया सहज बनाउन भन्दै लेखकविरुद्ध स्थान हद लगाउने निर्णय गरेको थियो।

तपाईको प्रतिक्रिया