पितृशोकमा रहेका अध्यक्ष ओलीलाई भेट्न राष्ट्रपति पौडेल गुण्डुमा

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल भक्तपुरको गुण्डु पुगेका छन् र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका छन्।

अध्यक्ष ओली हाल पितृशोकमा रहेका छन्। यस अवसरमा राष्ट्रपति पौडेलले अध्यक्ष ओलीलाई समवेदना व्यक्त गरेका छन्। अध्यक्ष ओलीका पिता मोहनप्रसाद ओलीको फागुन २९ गते निधन भएको थियो।

तपाईको प्रतिक्रिया