नेप्से परिसूचक दोहोरो अंकले घट्यो, पाँच कम्पनीको सेयर सकारात्मक सर्किटमा

काठमाडौं । साताको पहिलो सेयर कारोबार दिन आइतबार नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक २६.५१ अंकले घटेर २६४९.५२ विन्दुमा पुगेको छ। सेन्सेटिभ इण्डेक्स पनि ४.६७ अंकले घटेर ४५६.९८ विन्दुमा अडिएको छ।

यस दिन ३४२ वटा स्क्रिप्सको १ करोड ५७ लाख ३६ हजार ३७२ कित्ता सेयर ७ अर्ब ८ करोड ५४ लाख ४९ हजार ४३३ रुपैयाँमा खरिद–बिक्री भएको छ।

बजार दोहोरो अंकले घटेको भए पनि पाँच कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सागर डिष्टिलरी, निफ्रा ग्रीन इनर्जी डेभेन्चर (६ प्रतिशत), स्वस्तिक लघुवित्त वित्तीय संस्था, झापा इनर्जी र श्रीनगर एग्रिटेक इन्डस्ट्रिजको सेयर सकारात्मक सर्किटमा रहे।

कारोबार रकमका आधारमा हिमायन रिइन्स्योरेन्स शीर्षस्थानमा रहेको छ। सो कम्पनीको २३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। त्यस्तै, जोशी हाइड्रोपावर डेभलपमेन्ट, ग्रीन भेन्चर्स, र एनरआए इन्फ्रास्टक्चर डेभलपमेन्टले २१–२१ करोड रुपैयाँ बराबरको सेयर कारोबार गरे। नेपाल लाइफ इन्स्योरेन्सको १८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

कुल कारोबारमा ४५ वटा स्टकको मूल्य बढ्दा २११ वटा स्टकको मूल्य घटेको छ। एक स्टकको मूल्य स्थिर रह्यो। १० वटा समूहको उपसूचक घट्दा २ वटा समूहको मात्र मूल्य बढेको छ।

तपाईको प्रतिक्रिया