नेप्से आज ११.५१ अंकले उक्लियो, दसैंअघिको अन्तिम दिन २ अर्ब ९३ करोडको कारोबार

काठमाडौं – दशैं बिदाको पूर्वसन्ध्यामा नेप्से परिसूचक आज ११.५१ अंकले बढेर २,६६३.५१ विन्दुमा पुगेको छ। यो ०.४३ प्रतिशतको वृद्धि हो। आज करिब दुई अर्ब ९३ करोड रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ।

दसैं बिदा सुरु हुनु अघिल्लो दिन नेप्से परिसूचक बढेको भए पनि कारोबार रकममा केही कमी आएको छ। बिहीबार कारोबार रकम तीन अर्ब २६ करोड रुपैयाँ पुगेको थियो।

आज १७० कम्पनीको सेयर मूल्यमा वृद्धि देखिएको छ भने ६९ कम्पनीको सेयर मूल्य घटेको छ। १२ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ।

नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा बढी २२ करोड १३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

आज कुल १३ समूह मध्ये तीन समूहको परिसूचक घटेको छ। होटल तथा पर्यटन, ‘अन्य’, र व्यापार समूहको परिसूचकमा क्रमशः ०.१५%, ०.१४%, र १.२८% को गिरावट आएको छ भने बाँकी समूहको परिसूचकमा वृद्धि देखिएको छ।

तपाईको प्रतिक्रिया