नेपाली बजारमा सुन ५०० र चाँदी ६० रुपैयाँले घट्यो

काठमाडौं : नेपाली बजारमा शुक्रबार सुन र चाँदी दुवैको मूल्यमा हल्का कमी आएको छ। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ५०० रुपैयाँले घटेर २ लाख ४९ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि बिहीबार भने सुनको मूल्य ५ हजार ९०० रुपैयाँले बढ्दै २ लाख ५० हजार २०० रुपैयाँ पुगेको थियो।

सुनसँगै चाँदीको मूल्यमा पनि घटावट देखिएको छ। आज चाँदी प्रतितोला ६० रुपैयाँले घटेर ३ हजार २८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

तपाईको प्रतिक्रिया