नेपाली कांग्रेसको बैठकमा संघीय संसदको चुनाव स्थानीय तहको चुनावभन्दा पहिला गर्न माग

नेपाली कांग्रेसको संसदीय दलको बैठकमा संघीय संसदको आगामी निर्वाचन स्थानीय तहको चुनावभन्दा पहिला गर्नुपर्ने माग उठाइएको छ। शुक्रवार संसद भवनको ल्होत्से हलमा भएको बैठकमा सांसदहरूले आगामी संघीय चुनावलाई प्राथमिकतामा राखी आवश्यक व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेका छन्।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले सांसदहरूको बोल्ने क्रम समाप्त भएको र मन्त्री र पार्टीका पदाधिकारीहरूको बोल्ने क्रम बाँकी रहेको बताए। यसकारण बैठक २४ गते पुनः बस्ने निर्णय गरिएको छ।

बैठकमा सांसदहरूले सरकारका अध्यादेश र आफ्नो क्षेत्रको विकाससँग सम्बन्धित मुद्दा उठाएका थिए। पाथीभरा केबलकार परियोजनामा उठिरहेका विवादसम्बन्धी कुरा पनि सांसदहरूले उठाएका थिए। गृहमन्त्रीले यस विषयमा सकारात्मक समाधानको लागि वार्ता समिति गठन गर्न निर्देशन दिएका छन्।

तपाईको प्रतिक्रिया