नेपाली कांग्रेस फुटिसकेको छ:ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस विभाजित भइसकेको दाबी गरेका छन्। उनले लोकतान्त्रिक शक्तिहरूबीचको एकता कमजोर पार्ने उद्देश्यले कांग्रेस फुटाइएको टिप्पणी गरेका हुन्।

मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै ओलीले वर्तमान राजनीतिक अवस्थाबारे बोल्ने क्रममा नेपाली कांग्रेस फुटेको दाबी गरे। उनले लोकतान्त्रिक शक्तिहरूलाई एकजुट हुन नदिने प्रयास भएको उल्लेख गर्दै त्यसको उदाहरणका रूपमा कांग्रेसको अवस्था प्रस्तुत गरे।

ओलीले आफ्नो सम्बोधनमा भविष्यमा अन्य राजनीतिक दलहरूलाई पनि विभाजन गराउने प्रयास हुन सक्ने संकेत गरे। यद्यपि, कांग्रेस कसको कारण विभाजित भयो वा त्यसपछि कुन समूह वा दल बनेको भन्नेबारे उनले कुनै स्पष्ट विवरण दिएनन्।

उल्लेखनीय छ, नेपाली कांग्रेसले गत पुसमा विशेष महाधिवेशन सम्पन्न गरेको थियो। उक्त महाधिवेशनमा तत्कालीन सभापति शेरबहादुर देउवा र नेता शेखर कोइराला पक्ष सहभागी नभए पनि पार्टी औपचारिक रूपमा विभाजन भएको घोषणा भएको छैन।

तपाईको प्रतिक्रिया