नेपालले शिक्षामा छलाङ मारेको भएपनि सन्तोषको अवस्था छैन: पूर्वराष्ट्रपति यादव

फाइल तस्बिर।

काठमाडौं — नेपालका पहिलो राष्ट्रपति डा. रामवरण यादवले नेपालले शिक्षाको क्षेत्रमा छलाङ मारेको भएपनि सन्तोषजनक  नरहेको बताउनुभयो ।

बिहीबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै पूर्वराष्ट्रपति यादवले शिक्षामा सुधारका प्रयास भएका भएपनि देशभर विद्यार्थीलाई खुशी र सन्तुष्ट राख्न नसकिएको बताउनुभयो। उहाँले सरकारको प्राथमिकता आफ्ना युवालाई स्वदेशमै राख्नको लागि आवश्यक वातावरण सिर्जना गर्नुपर्ने जोड दिनुभयो।

पूर्वराष्ट्रपति यादवले भन्नुभयो, “आफ्नो देशको समस्यालाई बुझेर मात्र काम गर्न सकिन्छ।” उहाँले अध्ययन र विकासको सँगसँगै प्रगति हुन नसकेको प्रति दुःख व्यक्त गर्दै, “तराई मरुभूमि बन्न नदिनु पर्ने” भनेका छन्। उहाँले चुरे क्षेत्रको संरक्षणमा सबैलाई जोड दिन आग्रह पनि गर्नुभयो।

यादवले आफ्नो देशको बारेमा सबै जानकारी राख्नु महत्त्वपूर्ण भएको र देशको वास्तविक समस्यालाई बुझ्न नसक्ने मानिसहरू उत्पादन गर्न नहुने विचार व्यक्त गर्नुभयो।

तपाईको प्रतिक्रिया