नेपालमा वाम एकताको सम्भावना बलियो देख्दिनँ : पूर्वराष्ट्रपति भण्डारी

विराटनगर, — पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा वामपन्थी दलहरूबीच एकता हुने सम्भावना अहिलेको अवस्थामा कमजोर देखिएको धारणा राखेकी छन्।

सोमबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले देशमा वामपन्थी दलहरूको संख्या धेरै भएको उल्लेख गर्दै एकता सम्भव नभएको त होइन, तर त्यसको सम्भावना बलियो पनि नरहेको बताइन्।

उनले भनिन्, “नेपालमा यति धेरै वामपन्थी पार्टीहरू छन्। सम्भावना छैन भनेर ठोकुवा गर्न त मिल्दैन, तर अहिलेको अवस्थामा म त्यस्तो बलियो सम्भावना देख्दिनँ।”

त्यस्तै, नेपाली कांग्रेसका नेता शेखर कोइरालासँग भएको भेटका विषयमा बोल्दै उनले त्यसलाई अनावश्यक रूपमा हाउगुजी बनाउनु नपर्ने धारणा व्यक्त गरिन्।

“शेखरजीसँग मेरो भेट भएको हो। उहाँ मोरङ, विराटनगरका हुनुहुन्छ, म पनि यतै जन्मेकी हुर्केकी। हाम्रो भेटमा देशका समस्याबारे छलफल भयो। यसलाई ठूलो हाउगुजीको रूपमा व्याख्या गर्न मिल्दैन,” भण्डारीले भनिन्।

तपाईको प्रतिक्रिया