नेपालको निर्वाचन सफलतामा पाकिस्तानद्वारा बधाई

काठमाडौं – पाकिस्तानले हालै सम्पन्न आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकामा नेपाली जनता र सरकारलाई बधाई दिएको छ।

पाकिस्तान दूतावासका अनुसार, उपप्रधानमन्त्री तथा विदेशमन्त्री इशाक दरले एक सन्देशमार्फत नेपाल सरकार र नेपाली जनताप्रति हार्दिक बधाई व्यक्त गरेका छन्।

उनीहरूले नेपालसँगको भ्रातृपूर्ण सम्बन्धलाई उच्च प्राथमिकता दिने उल्लेख गर्दै, दुई देशबीचको दीर्घकालीन मित्रतालाई अझ मजबुत बनाउने विश्वास व्यक्त गरेका छन्।

पाकिस्तानी उपप्रधानमन्त्रीले सन्देशमा आफ्ना समकक्षी तथा नेपालमा बन्ने नयाँ सरकारसँग नजिकबाट सहकार्य गर्दै द्विपक्षीय सहयोगका नयाँ क्षेत्रहरू विस्तार गर्ने र क्षेत्रीय शान्ति तथा समृद्धिका लागि संयुक्त प्रयास गर्न चाहेको पनि बताएका छन्।

तपाईको प्रतिक्रिया