निर्वाचन नजिकिँदै, रास्वपाले पूर्व–उमेदवारहरूको सुझाव संकलन गर्दै

फाइल तस्बिर ।

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी निर्वाचन तयारीका लागि आफ्ना अघिल्ला उमेदवारहरूसँग आजविशेष छलफल गर्ने भएको छ। रास्वपाका प्रवक्ता मनिष झालेका अनुसार बैठक पार्टी केन्द्रीय कार्यालय, वनस्थलीमा दिउँसो १ बजेदेखि हुँदै छ।

रास्वपाका प्रवक्ता अनुसार पछिल्लो निर्वाचनमा सहभागी भएका उमेदवारहरूको सुझाव र मूल्याङ्कन एकै स्थानमा संकलन गर्न छलफल आयोजना गरिएको बताए। उनका अनुसार प्रतिनिधिसभा चुनाव नजिकिँदै गएकाले पार्टीले सबै पक्षको धारणा सुनी रणनीति बनाउँदै अघि बढ्ने उद्देश्य लिएको छ।

रास्वपाले फागुन २१ गतेका लागि तोकिएको आवधिक निर्वाचनलाई लक्षित गरी तयारी तिब्र बनाएको जनाएको छ। सोही दिन पार्टीले विभिन्न पेशागत क्षेत्रका व्यक्तिहरूलाई औपचारिक रूपमा प्रवेश गराउने कार्यक्रम पनि राखेको छ।

प्रवक्ता झालेका अनुसार डाक्टर, इन्जिनियर, नर्सिङलगायत पेशामा सक्रिय व्यक्तिहरूलाई आजै अपराह्न ४ बजे आयोजित कार्यक्रममा पार्टीमा स्वागत गरिनेछ।

तपाईको प्रतिक्रिया