निर्वाचन आयोगले आजै दलहरूलाई समानुपातिक उम्मेदवार सिफारिसका लागि पत्राचार गर्ने

काठमाडौँ — प्रतिनिधि सभा सदस्य निर्वाचनको मतगणना पूरा भएपछि निर्वाचन आयोगले समानुपातिकतर्फ उम्मेदवार सिफारिस गर्न दलहरूसँग आजै पत्राचार गर्ने भएको छ।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिँदै भने, “मतगणना सम्पन्न भइसकेको छ। हाल आयोगले सम्बन्धित निर्वाचन क्षेत्रबाट मतगणनाको प्रतिवेदन सङ्कलन गर्ने कार्यमा जुटिरहेको छ। मतगणना अनुसार प्रत्येक दलले प्राप्त गरेको समानुपातिक सिटको संख्या यकिन गरेपछि दलहरूलाई उम्मेदवार सिफारिस गर्न आजै पत्राचार गरिनेछ।”

दलहरूले उम्मेदवार सिफारिस गरेपछि आयोगले कानुनअनुसार समावेशिता सुनिश्चित गर्दै समानुपातिक सांसदहरूको अन्तिम सूची तयार गर्नेछ। आयोगले यस प्रक्रियामा क्लष्टर अनुसार समावेशीता र अन्य कानुनी मापदण्डको पालना हुने जनाएको छ।

तपाईको प्रतिक्रिया