नियमित काममा फर्किए अर्थमन्त्री पौडेल

अर्थमन्त्री विष्णुप्रसाद पौडेल आजदेखि अर्थ मन्त्रालयको नियमित काममा फर्किएका छन्। फागुन ३ गते पोखरा महानगरपालिकाले पोखरा भ्रमण वर्ष २०२५ को औपचारिक उद्घाटनका क्रममा भएको बेलुन विस्फोटमा परी उनी घाइते भएका थिए।

कीर्तिपुरस्थित बर्न अस्पतालमा दुई दिनसम्म सघन उपचार पछि उनलाई डिस्चार्ज गरिएको थियो। त्यसपछि उनले आवश्यक कामहरू आफ्नै निवासबाट गर्दै आएका थिए।

तपाईको प्रतिक्रिया