धोविघाटमा नेपाली कांग्रेस कार्यसम्पादन समिति बैठक जारी

फाइल तस्बिर।

काठमाडौँ — नेपाली कांग्रेसको कार्यसम्पादन समिति बैठक ललितपुरको धोविघाटमा जारी छ। बैठक पार्टीको आगामी महाधिवेशन सम्बन्धी विवाद समाधानमा केन्द्रित रहेको बताइएको छ।

महाधिवेशनको मिति र तयारीका विषयमा पार्टीभित्र दुई धारबीच मतभेद देखिएपछि त्यसले केन्द्रीय समिताको गतिविधिमा समेत असर पारेको छ। सोही विवाद निरूपणका उद्देश्यले कार्यसम्पादन समिति बैठक बसेको हो।

बैठकमा महाधिवेशनको मिति टुंग्याउने, तयारीका बाँकी काम पूरा गर्ने र संगठन सुदृढीकरणसम्बन्धी विषयमा छलफल भइरहेको पार्टी स्रोतले जनाएको छ।

तपाईको प्रतिक्रिया