धादिङ केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प

काठमाडौँ । धादिङ जिल्लाको चराङ्गे फेदी क्षेत्रलाई केन्द्रबिन्दु बनाएर बिहीबार बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ११ बजेर १४ मिनेटमा ४.१ स्थानीय म्याग्निच्युडको भूकम्प मापन गरिएको हो ।

भूकम्पको धक्का धादिङसहित आसपासका जिल्लाहरू तथा काठमाडौं उपत्यकामा समेत महसुस गरिएको थियो । हालसम्म उक्त भूकम्पबाट कुनै मानवीय वा भौतिक क्षति भएको जानकारी प्राप्त नभएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया