धरौटीमा रिहा भएपछि लामिछानेले पार्टीमा औपचारिक उपस्थिती जनाउने


काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछाने पार्टीको कामकाजमा फर्कने भएका छन्। केन्द्रीय समितिको बैठक आइतबार अपराह्न बस्नेछ, जसमा लामिछानेले औपचारिक रूपमा पार्टीमा आफ्नो उपस्थिती जनाउनेछन्।

सहकारीको बचत रकम अपचलन मुद्दामा लामिछाने धरौटीमा रिहा भएका थिए। जेलमा पुर्पक्ष भइसकेपछि पार्टीले उपाध्यक्ष डिपी अर्याल (डोलप्रसाद) लाई कार्यवाहक अध्यक्ष बनाएको थियो।

महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार, “आजको बैठकमा धेरै कार्यसूची छैन, तर अध्यक्ष लामिछानेले छोटो सम्बोधन गर्नुहुनेछ। यस बैठकबाट उहाँ विधिवत रूपमा पार्टीमा फर्कनुहुनेछ।”

तपाईको प्रतिक्रिया