द्वन्द्वका घाउ मेटाउने गरी परिपूरणका योजना ल्याउँछौँ : मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले द्वन्द्वका घाउ सधैँका लागि मेटाउन सरकार सक्रिय रहेको बताएका छन्। उनले भने, सरकार द्वन्द्वपीडितहरूको उपचार र उद्यमशीलता प्रवर्धनका लागि कार्यक्रमलाई प्राथमिकता दिँदै अघि बढिरहेको छ।

अमर प्रहरी परिवार र असक्त प्रहरी संघ लुम्बिनी प्रदेश समितिसँगको एक बैठकमा मुख्यमन्त्री आचार्यले द्वन्द्वको घाउ मेटाउने र शिकार भएका व्यक्तिहरूका लागि सीपमूलक तालिम र निःशुल्क उपचार कार्यक्रम सञ्चालन गरिएका जानकारी दिए। उनले थपे, “सरकारले विधेयक पारित गरेर कानुनी ढंगले द्वन्द्वको समस्या समाधान गर्ने प्रक्रिया अघि बढाएको छ।”

लुम्बिनी प्रदेश द्वन्द्वबाट अत्यधिक प्रभावित प्रदेश भएको उल्लेख गर्दै मुख्यमन्त्रीले सरकारले परिपूरण र समर्थनका योजनाहरूको विकासमा ध्यान केन्द्रित गरेको बताएका छन्। संघका संस्थापक अध्यक्ष नवराज श्रेष्ठ र कोषाध्यक्ष हरि सुनारले परिपूरणसम्बन्धी ज्ञापन पत्र मुख्यमन्त्रीलाई बुझाएका थिए।

तपाईको प्रतिक्रिया