देशका केही भागबाट मनसुन बाहिरियो, बाँकीमा पनि चाँडै सकिने


काठमाडौँ, ।जल तथा मौसम विज्ञान विभागले देशका केही भागबाट मनसुन बाहिरिन थालिसकेको जनाएको छ। विभागले सोमबार जारी गरेको बुलेटिन अनुसार यस वर्षको मनसुन सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका पश्चिमी क्षेत्रहरू साथै गण्डकी प्रदेशको केही भागबाट हटिसकेको छ।

विभागका सूचना अधिकारी दिनकर कायस्थका अनुसार मनसुनी प्रणाली कमजोर बन्दै गएकाले केही दिनभित्र बाँकी क्षेत्रहरूबाट पनि मनसुन हट्ने सम्भावना छ।

मौसम पूर्वानुमान महाशाखाले मनसुनको बहिर्गमन प्रक्रिया निरन्तर अनुगमन गरिरहेको छ र आवश्यक जानकारी क्रमिक रूपमा सार्वजनिक गरिने जनाएको छ।

तपाईको प्रतिक्रिया