दाङमा मानिसभन्दा लामो ६ फिटको लौका फले

दाङ, – दाङको घोराही उपमहानगरपालिका–१५ मा उन्नत जातको लौकाको खेतीमा ६ फिटभन्दा लामो लौका फलेको छ।

पूर्व शिक्षक रामहरी रिजालले नरेन्द्र सिवानी जातको लौकामा करिब १० किलोसम्मको फल उत्पादन भएको जानकारी दिएका छन्। उनले अनलाइनमार्फत बीउ मगाएर खेती गरेको बताए।

रिजालले आगामी दिनमा दाङका अन्य किसानलाई पनि यो बीउ उपलब्ध गराउने योजना बनाइरहेका छन्। उनका अनुसार, लामो आकारको लौका हेर्न उनका बारीमा दैनिक रूपमा मानिसहरूको भिड लाग्ने गरेको छ।

तपाईको प्रतिक्रिया