दक्षिण कोरियाले सैनिक शासनसम्बन्धी कानुनमा महत्वपूर्ण संशोधन गर्यो

काठमाडौं –दक्षिण कोरियाको संसदले सैनिक शासनसम्बन्धी कानुनमा महत्वपूर्ण संशोधन गरेको छ। बिहीबार पारित सो संशोधनले राष्ट्रिय सभाका सांसदहरूलाई संसद भवनमा प्रवेश रोक लगाउन नपाइने व्यवस्था सुनिश्चित गरेको छ।

संशोधित कानुनअनुसार, संसद भवन प्रवेशमा प्रहरी र सेनालाई सभामुखको अनुमतिबिना रोक लगाउन पाईने छैन। यसले संसदको स्वतन्त्रता र प्रतिनिधित्वलाई थप मजबुत बनाउने उद्देश्य राखेको छ।

गत डिसेम्बरमा तत्कालीन राष्ट्रपति युन सुक योलले मुलुकमा सैनिक शासन घोषणा गरेका थिए। त्यसबेला सेनाले संसद भवन घेरेर सांसदहरूलाई प्रवेशमा रोक लगाएको थियो। तर सांसदहरूले पर्खाल र बार तोडेर प्रवेश गरी सैनिक शासन घोषणा संसदबाट निष्क्रिय पारिएको थियो।

यस घटनालाई मध्यनजर गर्दै, सैनिक शासन सजिलै लागू गर्न नपाइने गरी संसदले यो कानुन संशोधन गरेको हो। युन सुक योललाई सो सैनिक शासन लागू गर्ने प्रयासपछि महाभियोग लगाइएको थियो, जुन संवैधानिक अदालतले पनि स्वीकृत गरिसकेको छ।

तपाईको प्रतिक्रिया