थाइल्यान्डको पहिलो हार: नेपाल टी-२० अन्तर्राष्ट्रिय सिरिज

नेपाल टी-२० महिला अन्तर्राष्ट्रिय सिरिजमा थाइल्यान्डले पहिलो हार भोगेको छ। यसअघि चार खेलमा लगातार जित निकालेको थाइल्यान्डलाई बिहीबार कीर्तिपुर स्थित त्रिवि मैदानमा नेदरल्यान्ड्सले १ विकेटले हराएको हो।

नेदरल्यान्ड्सले ११० रनको लक्ष्य अन्तिम बलमा ९ विकेट गुमाएर पूरा गर्दै रोमाञ्चक जित निकाल्यो। अन्तिम बलमा दुई रन चाहिएको अवस्थामा सिल्भर सेइजर्सले दुई रन लिँदा आफ्नो टिमलाई जित दिलाइन्।

सिरिजमा थाइल्यान्डले ५ खेलमा ४ जित र नेदरल्यान्ड्सले ६ खेलमा ४ जित निकालेका छन्, जसका कारण अंक तालिकामा दुवै टिमको समान ८-८ अंक छ।

अब सिरिजको अन्तिम खेलमा नेपाल र थाइल्यान्ड भिड्दैछन्। यदि नेपालले थाइल्यान्डलाई पराजित गर्न सक्ने हो भने नेदरल्यान्ड्सको उपाधि जित्ने सम्भावना जन्मनेछ, यद्यपि थाइल्यान्डले पनि सानो अन्तरको हारमा उपाधि जित्न सक्छ।

तपाईको प्रतिक्रिया