त्रिवि उपकुलपतिमा डा. दीपक अर्याल नियुक्त

काठमाडौं, – त्रिभुवन विश्वविद्यालयको उपकुलपति पदमा प्रा.डा. दीपक अर्याल नियुक्त भएका छन्। विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई उक्त जिम्मेवारी दिएका हुन्।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तको संयोजकत्वमा गठन गरिएको सिफारिस समितिले असार २३ गते उपकुलपतिका लागि तीन जनाको नाम प्रधानमन्त्रीसमक्ष पेश गरेको थियो। ती नामहरू वर्णानुक्रमअनुसार निमित्त उपकुलपति प्रा.डा. खड्ग केसी, विज्ञान संकायका पूर्व डीन प्रा.डा. विनिल अर्याल र जल तथा मौसम विज्ञान विभागका पूर्वप्रमुख डा. दीपक अर्याल थिए।

यसअघि उपकुलपति प्रा.डा. केशरजङ्ग बरालले राजीनामा दिएपछि चैत ३१ गते प्रधानमन्त्री ओलीले शिक्षाध्यक्ष प्रा.डा. खड्ग केसीलाई अधिकतम तीन महिनाका लागि उपकुलपतिको जिम्मेवारी सुम्पिएका थिए।

तपाईको प्रतिक्रिया