त्रिभुवन विमानस्थलबाट ११ किलो गाँजासहित तीन भारतीय नागरिक पक्राउ


काठमाडौं — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार क्षेत्रबाट प्रहरीले ११ किलोभन्दा बढी गाँजासहित तीन जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।

प्रहरी नायब महानिरीक्षक तथा केन्द्रीय प्रहरी प्रवक्ता विनोद घिमिरेका अनुसार एयर एसियाको उडानमार्फत बैंककबाट काठमाडौं आइपुगेका ती व्यक्तिहरूलाई ११ किलो २७५ ग्राम अवैध लागुऔषध गाँजासहित नियन्त्रणमा लिइएको हो।

पक्राउ पर्नेमा भारतका ५० वर्षीय सलिम इब्राहिम अन्सारी, २४ वर्षीय रेहान मोहम्मद अजाज शेख र ३२ वर्षीया जैनब वशीर छन्।

हाल उनीहरूलाई थप अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि लागुऔषध नियन्त्रण ब्यूरोमा बुझाइएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया