तामाकोसी नदीमा बाढीको सम्भावना, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

काठमाडौं, – दोलखा जिल्लामा पर्ने तामाकोसी नदी र त्यसका सहायक खोलामा बाढी आउन सक्ने अनुमान गर्दै जिल्ला प्रशासन कार्यालय दोलखाले स्थानीय बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ।

बुधबार दिउँसो सार्वजनिक गरिएको सूचनामा प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले तिब्बतसहित दोलखाको माथिल्लो क्षेत्रमा भइरहेको मध्यमदेखि अधिक वर्षाका कारण नदीको बहावमा वृद्धि भएको र त्यसले बाढी तथा पहिरोको जोखिम निम्त्याउन सक्ने बताएका छन्।

प्रशासनले तामाकोसी नदी र आसपासका खोलामा पानीको बहाव बढ्दै गएकाले तटीय क्षेत्रका नागरिकलाई सतर्क रहन र आवश्यक नपरी नदी किनारमा नजान आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया