तामाकोसी नदीमा पौडी खेल्दा एसईई परीक्षार्थीको मृत्यु

दोलखा — तामाकोसी नदीमा पौडी खेल्न गएका एक युवकको डुबेर मृत्यु भएको छ। विगु गाउँपालिका-२, ओराङका १७ वर्षीय प्रविण तामाङको निधन भएको पुष्टि जिल्ला प्रहरी कार्यालय दोलखाका प्रवक्ता प्रहरी निरीक्षक दाताराम अधिकारीले गरेका छन्।

प्रविण तामाङ, जो ओराङको देउलाङ्गश्वरी माध्यमिक विद्यालयका एसईई परीक्षार्थी थिए, बिहीबार बिहान पहिलो दिनको अनिवार्य अंग्रेजी परीक्षा दिएर साथीहरूसँग नुहाउन नदीमा गएका थिए। पौडी खेल्नको क्रममा तामाकोसीमा डुबेको थाहा पाएपछि उद्धार गर्न उनका साथी सोनाम तामाङले प्रहरीलाई खबर गरेका थिए। मृतक तामाङ एसईई परीक्षा दिनको लागि जगतको गौरीशंकर माध्यमिक विद्यालयमा कोठा भाडामा लिएर बस्दै थिए।

तपाईको प्रतिक्रिया