झापा–५ निर्वाचनको खर्च विवरण आयोगमा बुझाए बालेन शाहले

बालेन शाहले आफ्नो निर्वाचन खर्चसम्बन्धी विवरण निर्वाचन आयोगलाईमा बुझाएका छन्।

शाहले झापा–५ निर्वाचन क्षेत्रबाट भएको प्रतिनिधिसभा निर्वाचनमा प्रयोग भएको खर्चको विवरण आयोगमा पेश गरेको जनाइएको छ। उनले उपलब्ध गराएको विवरण अनुसार निर्वाचन अवधिमा कुल १४ लाख १७ हजार २ सय ८९ रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा शाह सो क्षेत्रबाट निर्वाचित भएका थिए। उक्त निर्वाचनमा उनले केपी शर्मा ओलीलाईलाई पराजित गर्दै प्रतिनिधिसभा सदस्यको जिम्मेवारी प्राप्त गरेका हुन्।

निर्वाचनसम्बन्धी प्रचलित नियमअनुसार उम्मेदवारले चुनावपछि आफ्नो खर्च विवरण आयोगमा बुझाउनुपर्ने व्यवस्था रहेको छ। शाहले सोही व्यवस्था अनुसार आफ्नो खर्च विवरण पेश गरेको जनाइएको छ।

तपाईको प्रतिक्रिया